च्याम्पियन्स लिगको सेमिफाइनल दोस्रो लेगमा आज राति फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब आर्सनल भीड्दै छन्। खेल आज राति १२ः४५ बजे पिएसजीको मैदान पार्क डेस प्रिन्सेसमा हुनेछ।
घरेलु मैदानमा आर्ससनको सामाना गर्दा पिएइसजीलाई पहिलो लेगमा प्राप्त १–०को अग्रताको फाइदान हुनेछ। विजेता टिमले म्युनिखको एलियान्ज एरिनामा मे ३१ मा हुने फाइनलमा उपाधिका लागि इन्टर मिलानसँग खेल्ने छ। इन्टर बार्सिलोनालाई हउराउँदै फाइनल पुगिसकेको छ।
पिएसजीको ताकत र चुनौती
पिएसजी यो सिजन उत्कृष्ट लयमा छ। उस्मान डेम्बेले, ख्भिचा क्भारात्सखेलिया र डिजायर डुएको आक्रमणले विपक्षी रक्षापंक्तिलाई सधैं दबाबमा राख्छ। डेम्बेलेले यो सिजन ३३ गोल र १२ असिस्ट गरिसकेका छन्। मिडफिल्डमा जोआओ नेभेस र भिटिन्हाको जोडीले खेलको गति नियन्त्रण गर्छ।
प्रशिक्षक लुइस एनरिकेको आक्रामक रणनीतिले टोलीलाई लिग वानको उपाधि जिताइसकेको छ।
तर, सेट पीसमा पिएसजीको डिफेन्डर कमजोरी देखिएको छ, जसको फाइदा आर्सनलले उठाउन सक्छ। लिग वानमा लगातार दुई खेलमा हार र पछिल्ला चार खेलमा एक मात्र जितले टोलीको फर्ममा प्रश्न उठाएको छ। डेम्बेलेको ह्यामस्ट्रिङ चोट पनि चिन्ताको विषय हो। तर, उनी आर्सनलविरुद्ध पहिलो रोजाईमै खेल्ने समाचार एसेन्सीहरुले जनाएका छन्।
आर्सनलको सम्भावना र कमजोरी
आर्सनलले यो सिजन च्याम्पियन्स लिगमा प्रभावशाली प्रदर्शन गरेको छ, विशेषगरी रियल म्याड्रिडलाई ५–१ को समग्र स्कोरमा हराएर। बुकायो साकाको फ्ल्यांक आक्रमण र डेक्लान राइसको सेटपीस रणनीति टोलीको प्रमुख हतियार हुन्। साकाले १६ खेलमा ९ गोल र ६ असिस्ट गरेका छन्।
विलियम सलिबा र जाकुब किविओरको रक्षात्मक जोडीले टोलीलाई स्थिरता प्रदान गरेको छ। थोमस पार्टेको फिर्तीले मिडफिल्डमा थप बल पुग्नेछ। आर्सनललाई फाइनल पुग्न मडिफिल्डमा डेग्नल रइस चल्नु आवश्यक छ।
यद्यपि, आर्सनल चोट समस्याबाट गुज्रिरहेको छ। ग्याब्रियल, काई हाभेर्ट्ज र जुरियन टिम्बरको फिटनेसमा शंका छ। टोलीको हालको फर्म पनि कमजोर छ, बोर्नमाउथसँग २(१ को हारसहित पछिल्ला तीन खेलमा जितविहीन। पार्क देस प्रिन्सेसको कठिन वातावरणमा अवे जित निकाल्नु आर्सनलका लागि ठूलो चुनौती हुनेछ।
०००
यो खेलको नतिजा मिडफिल्डको नियन्त्रण र सेट पीसको प्रभावकारितामा निर्भर रहनेछ। पिएसजीले घरेलु समर्थनको फाइदा उठाउँदै आक्रामक सुरुआत गर्नेछ, जबकि आर्सनलले धैर्यतापूर्वक अवसर खोज्नेछ। साकाको व्यक्तिगत प्रदर्शन र पिएसजीको सेट(पीस कमजोरी खेलको टर्निङ प्वाइन्ट बन्न सक्छ।