डेम्बेले र डुए घाइते भए, पिएसजीलाई धक्का

7 Sep, 2025

पिएसजीका दुई फ्रेन्च विंगर उसमान डेम्बेले र डेजिरे डुए घाइते भएका छन्। दुवै विश्वकप युरोप छनोट अन्तर्गत बिहीबार राति भएको युक्रेनविरुद्धको खेलका क्रममा घाइते भएका हुन्।

दुवै विंगरमा ह्यामिस्ट्रिङको समस्या देखिको छ। डेम्बेलको दायाँ तिघ्र र डुएको पिँडुलामा ह्यामिस्ट्रिङ देखिएको हो।

ह्यामिस्ट्रिङ देखिएपछि हाफ टइममा डुएलाई डेम्बेलेले रिप्लेस गरेका थिए। तर, ह्यामिस्ट्रिङ देखिएपछि डेम्बेले पनि ८१औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए। खेल फ्रान्सले २–०ले जितेको थियो।

डेम्बेले करिब ६ साता र डुए ४ साता मैदान बाहिर रहने पिएसजीले जनाएको छ।

योसँगै दुवै खेलाडीले च्याम्पियन्स लिगका सुरुआत खेलहरु गुमाउने भएका छन्। यसले डिफेन्डिङ च्याम्पियन पिएसजीलाई धक्का लागेको छ।

पिएसजीले सेप्टेमबरमा १७मा एट्लान्टासँग खेल्दै च्याम्पियन्स लिगको सुरुआत गर्ने छ। यस्तै, अक्टोबर १मा पिएसजीले बार्सिलोनासँग उसकै मैदानमा खेल्ने छ।

यी दुवै खेलमा आफ्ना स्टार खेलाडीहरु नुहँदा पिएसजी दबाबमा हुने छ। पिएसजीको पछिल्लो सफलतामा यी दुईको भूमिका महत्वपूर्ण थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]