राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

16 Mar, 2026

ब्राजिलिन विंगर राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियामाथि ५–२को फराकिलो जित निकाल्यो।

नवौँ मिनेटमै पेनाल्टीमा गोल गर्दै राफिन्हाले बार्सिलोनालाई सुरुआती अग्रता दिलाए। २१औं मिनेटमा पेनाल्टीमै उनले टिमको अग्रता दोब्बर बनाए।

३८औं मिनेटमा डानी ओल्मोले बार्सिलोनाका लागि तेस्रो गोल गरे। इन्जुरी समयको चौथो मिनेटमा सेभियाका ओसोले गोल गर्दै खेललाई ३–१को अवस्थामा ल्याए। ५१औं मिनेटमा गोल गर्दै राफिन्हाले आफ्नो ह्याट्रिक पूरा गरे।

जाआओ कान्सेलोले ६०औं मिनेटमा बार्सिलोनाका लागि पाँचौं गोल गर्दै टिमलाई ५–१को सहज अवस्थामा ल्याए। इन्जुरी समयमा सेभियाका डिब्रिल सोले गोल गरेपछि खेल ५–२को अवस्थामा सकिएको थियो।

यो सानदार जितसँगै बार्सिालेनाले पुनः शीर्ष स्थानमा ४ अंकको स्पष्ट अग्रता बनाएको छ। बार्सिलोनामने २८ खेलान ७० अंक छ भने दोस्रो स्थानको रियल मड्रिडका ६६ अंक छ। सेभिया २८ खेलमा ३१ अंकसहित १५औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]