स्पेनिस ला लिगमा रियल मड्रिडले लागतार छैठौं जित निकालेको छ। सोमबार राति भएका खेलमा किलियन एम्बाप्पे, भिनिसियस जुनियर र फ्रान्को मास्टानटुनोले गोल गरेपछि रियलले लेभान्टेलाई ४–१ले हरायो।
२८औं मिनेटम भिनिसियसको गोलमा रियलले अग्रता लियो। ३८औं मिनेटमा मास्टानटुनोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। उनको यो ला लिगाको डेब्यू गोल हो।
दोस्रो हाफका सुरुआतमै लेभान्टेले गोल फर्कायो। उसका इटा योङले ५४औं मिनेटमा गोल गरेका थिए। तर, त्यसपछि एम्बाप्पेले २ मिनेट अन्तरमा २ गोल रियललाई सहज जित दिलाए। उनले ६४औं मिनेटमा पेनाल्टी र ६६औं मिनेटमा गोल गरेका थिए।
योसँगै रियलले लिगका सुरुआती ६ खेल जितेको छ। जाभी ओलन्सो ला लिगाका सुरुआती ६ खेल जित्ने दोस्रो प्रशिक्षक बनेका छन्। यसअघि भान्डेरेलइ लक्जेम्बर्गोले सन् २००५ मा सुरुवाती लगातार ७ खेल जितेका थिए।
