बार्सिलोना पराजित हुँदा रियल बन्यो च्याम्पियन

5 May, 2024

रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ। ला लिगाअन्तर्गत शनिबार राति भएको खेलका दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियल ४ खेलअघि नै च्याम्पियन बनेको हो।

रियलको यो ३६औं लिग उपाधि हो। त्यसअघि शनिबार नै भएको खेलमा कार्डिच सिटीलाई ३–०ले हराउँदै उपाधिबाट रियल १ अंकमात्र टाढा थियो।

तर, केही घण्टापछि भएको खेलमा बार्सिलोना पराजित भएपछि रियल च्याम्पियन बन्यो।

यो उपाधिसँगै प्रशिक्षक कार्लो एन्सोलोटी रियलका लागि सर्वाधिक उपाधि जित्ने प्रशिक्षक बनेका छन्। उनले रियलका लािग १२ उपाधि जितेका छन्। उनले जिनेजिन जिदानको रेकर्ड तोडेका हुन्।

३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोना ७३ अंकसहित तेस्रो स्थानमा झरेको छ।