डिफेन्डिङ च्यान्पियन रियल मड्रिडले युईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रियलले जर्मन क्लब स्टुटगार्डमाथि ३–१को जित निकाल्यो।
खेलमा रियलका लािग किलियन एम्बाप्पे, एन्टोनिओ रुडिगर र एन्ड्रिकले गोल गरे। स्टुटगार्डका लागि डेनिज उन्डावले गोल गरेका थिए। चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तर, रियलको मैदानमा पहिलो हफामा स्टुटगार्डले रियल माथि दबाब बनाएको थियो। दोस्रो हाफको सुरुआतमै रियलले गोल ग¥यो। ४६औं मिनेटमा उसका एम्बाप्पेले रोड्रिगोको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए। एम्बाप्पेको यो रियलका लागि च्याम्पियन्स लिगमा पहिलो गोल हो।
६८औं मिनेटमा स्टुटगार्डले बराबरी गोल फर्कायो। उसका उन्डावले वेलेलिङको पासमा गोल गरेका थिए। तर, ८३औं मिनेटा रियलले पुनः अग्रता बनायो। लुका मोन्ड्रिचको पासमा रुडिगरले गोल गरेका थिए।
त्यसपछि ब्राजिलिय युवा स्ट्राइकर एन्ड्रिकले इन्जुरी समयको ५औं मिनेटमा गोल गर्दै रियललाई ३–१को अवस्थामा ल्याए। उनले ड्यानी कार्भाजलको पासमा गोल गरेका हुन्। एन्ड्रिड च्याम्पियनस लिगमा डेब्यूमै गोल गर्न सफल भए।