साल्जबर्गलाई हराउँदै रियल मड्रिड क्लब विश्वकपको नकआउटमा, युभेन्ट्ससँग खेल्ने

27 Jun, 2025

युरोपियन जायन्ट रियल मड्रिड अमेरिकामा जारी क्लब विश्वकपको अन्तिम १६मा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको समूह अन्तिम खेलमा अस्ट्रियन क्लब साल्जबर्गमाथि ३–०को सहज जित निकाल्दै रियल अन्तिम १६मा पुगेको हो।

रियललाई जित दिलाउन भिनिसिय जुयिनर, भेडेरिको भाल्भर्डे र गोन्जालो गार्सियाले गोल गरे। रियलले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

यो जितपछि रियल समूह एचको शीर्ष स्थानमा र्हयो। २ जित र १ बराबरी खेलेको ऊ ७ अंकसहित शीर्ष स्थानमा रह्यो।

अब रियलले नकआउटमा अर्को युरोपियन क्लब युभेन्ट्सका सामाना गर्नेछ। समूह जीको अन्तिम खेलमा म्यान्चेस्टर सिटीसँग ५–२को फराकिलो हार व्यहोरेपछि युभेन्ट्सले रियललाई प्रतिद्वन्द्वी पाएको हो।

समूह एचमा २ जितसहित ६ अंक जोडेको युभेन्ट्स दोस्रो भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]