एम्बाप्पेको गोलमा रियलको विजयी सुरुआत

20 Aug, 2025

रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुआत गरेको छ। शनिबार राति बर्नाबेउमा भएको खेलमा रियलले किलियन एम्बाप्पेको निर्णायक गोल मद्दतमा ओसासुनालाई १–०ले हरायो।

खेलमा ओसासुनामाथि पूर्ण रुपमा दबाब बनाए पनि रियलले गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

५१औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले रियललाई अग्रता दिलाए। ओसासुनाको रुइ क्रुजले एम्बाप्पेलाई नै फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो। त्यसपछि खेलमा थप गोल नहुँदा रियल विजयी भयो।

खेलमा रियलले ७१ प्रतिशत बल पोजेसन बनाउँदै १८ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो। यता, ओसासुनाले २ सट प्रहार गरेकोमा कुनै सट फ्रेममा थिएन।

यही खेलमा मार्फत रियलका लागि चार खेलाडीले ला लिगामा डेब्यू गरे। जसमा डिफेन्डरहरु ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड, डिअन हाउसेन र अल्भारो कारेरास तथा विंगर फ्रान्को मस्टान्टुनो छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]