स्पेनिस ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा रियलले इल्चेमाथि ४–१को सनदार जित निकाल्यो।
रियलको जितमा एन्टोइन रुडिगर, डिअन हाउसेन, फोडेरिको भाल्भर्डे र अर्डा गुलेरले गोल गरे।
घरेलु मैदानमा रियलले ३९औं मिनेटमा रुडिगरको गोलमा अग्रता लियो। ४४औं मिनेटमा भाल्भर्डेले गोल गरेपछि रियलले पहिलो हाफमा २–० को अग्रता लियो।
६६औं मिनेटमा हाउसेनले गोल गरेपछि रियलले ३–०को अग्रता लियो। मानुएल एन्जलले आत्मघाती गोल गरेपछि खेल ३–१मा आयो। तर, ८९औं मिनेटमा गुलेरले गोल गरेपछि रियलले ४–१को जित निकाल्यो।
यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी १ मा झारेको छ। रियलले २८ खेलबाट ६६ अंक र एक खेल कम खेलेको बार्सिलोनाको ६७ अंक छ। एल्चे २८ खेलबाट २६ अंकसहित १५औं स्थानमा छ।
शनिबार राति नै भएको खर्के खेलमा मड्रिडकै अर्को क्लब एट्लेटिको पनि विजयी भयो। उसले गेटाफेलाई १–० ले हरायो। उसका लागि नाहुल मोनिलाले आठौं मिनेटमा निर्णायक गोल गरे।
जितपछि एट्लेटिको २८ खेलबाट ५५ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ।
