आधा दर्जन गोल भएको खेलमा रियल र सिटीले खेले बराबरी

10 Apr, 2024

६ गोल भएको थ्रीलर म्याचमा रियल मड्रिड र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन्। मंगलबार राति बर्नाबेउमा भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेका हुन्।

दुवै टोलीले अग्रता लिए पनि जोगउ नसकेनन् र खेल बराबरीमा सकियो। खेलमा सिटीका बर्नार्डो सिल्भा, फिल फोडेन र जस्को ग्वार्डियोलले गोल गरेका थिए भने रियलका रोड्रिगो, फडेरिका भाल्भर्डेले गोल गरे भने एक गोल आत्मघाती भएको थियो।

सिल्भाले दोस्रो मिनेटमै फ्रिकिमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। १२औं मिनेटमा रुबेन डियासको आतमघाती गोल गरेपछि रियल खेलमा फर्कियो। कामाभिंगाको प्रभार डियासले रोक्ने क्रममा डिफ्लेक्ट हुँदै गोल भएको थियो।

लगत्तै रियलले काउन्टरमा गोल गर्दै खेलमा अग्रता लियो। भिनिसियस जुनियरले आफ्नै हाफबाट दिएको पासमा रोड्रिगोले १४औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफ २–१मै सकियो।

तर, दोस्रो हाफमा सिटीले उत्कृष्ट खेल पस्कँदै रियलमाथि दबाब बनायो। ६६औं मिनेटमा फिल फोडेनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै सिटीलाई खेलमा फर्काए। ७१औं मिनेटमा ग्वार्डियोल डिबक्स बाहिरबाटै उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाए।

तर ७९औं मिनेटमा भाल्भर्डेले भलीमार्फत उत्कृष्ट गोल गरेपछि खेल ३–३को बराबरीमा आयो। त्यसपछि खेल नहुँदा खेल बराबरीमै सकियो।