स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेस्टर सिटी विश्वका दुई ठूला क्लब हुन्। यी दुई क्लबले यो सिजन च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न सकेनन्।
परिवर्तित फर्म्याटमा जारी च्याम्पियन्स लिगमा दुवै टिम सिधै नकआउटमा पुग्न सकेनन्। दुवै शीर्ष ८मा रहने असफल भएका थिए।
त्यही दुवै टिमले नकआउट चरणमा पुग्न प्लेअफ खेलिरहेका छन्। र, यी दुई हेभिवेट मध्ये एक टिमले मात्र नकआउछमा स्थान बनाउने छ।
अर्थात्, नकआउटको प्लेअफ यी दुई टिम नै भिडिरहेका छन्। प्लेअफको दोस्रो लेग आज राति १ः४५ बजे रियलको मैदान सान्टियागो बर्नाबेउमा हुँदैछ।
घरेलु मैदानमा पेप ग्वार्डिओालको टिम सिटीको सामना गर्दा रियल बलियो देखिन्छ। पहिलो लेगमा सिटीलाई उसकै मैदानमा ३–२ले हराएको रियल बलियो र आत्मविश्वासी हुनेछ।
यता, सिटी भने आफ्नो खराब लयलाई बिर्सन्दै रियललाई उसकै मैदानमा हराउने लक्ष्यमा हुनेछ। त्यो निकै कठीन भने छ।

सिटीक प्रशिक्षक पेप ग्वार्डिओावले पनि रियललाई बर्नाबेउमा हराउनु निकै कठीन रहेको बताएका छन्। उनले रियललाई घरमै हराउने हो भने यसैसाता न्युकालससँग खेलेको जस्तो खेल खेल्नुपर्ने बताएका छन्। सो खेलमा सिटी ४–०ले विजयी भएको थियो।
सिटीविरुद्ध घरमै खेल्न लाग्दा रियल पनि ढुक्क भने हुने छैन। यो सिजनको उसको प्रदर्शन पनि एकनाशको छैन। साथै उसलाई चोटको चिन्ता पनि छ।
पहिलो लेगमा सिटीविरुद्ध दोस्रो रोजाईको डिफेन्स उतारको रियलले आज पनि त्यस्तै डिफेन्डस लाइन उतार्ने सम्भावना छ। तर, डेविड अलावा र एन्टोनियो रुडिगर चोट मुक्तहुँदै टिममा फर्किसकेकाले यी दुई मध्ये एक पहिलो रोजाईमै खेल्ने सम्भावना छ।
रियलले डिफेन्समा निकै मेहनत गर्नुपर्ने देखिन्छन्। मिड र स्ट्राइकिङमा भने रियल बलियो छ। मिडमा उसका जुड बेलिङघम, ड्यानी सेबायोस, लुका मोड्रिचलगायत छन् भने स्ट्राइकरमा भिनिसियस जुनियर, किलियन एम्बाप्पे, रोड्रिगोलगायत छन्।
यता, सिटीले पनि डिफेन्समै मेहनत गर्नुपर्ने छ। यो सिजन सिटीको डिफेन्स कमजोर देखिँदै आएको छ। जनवरीमा साइन गरेका ओमार मारमौस र निकोलो गोन्जालेजको प्रदर्शनले सिटी उत्साहित छ। दुवैले अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।