नेपाल vs अफगानिस्तान : रोहित ११ वर्षअघि पेनाल्टीमा चुके, ११ वर्षपछि गरे निर्णायक गोल

17 Nov, 2024

डेढ दशक राष्ट्रिय टिममा बिताएपछि भेट्रान डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले पहिलो गोल गरेका छन्। सन् २००९मा राष्ट्रिय टिममा डेब्यू गरेका रोहितले शनिबार राति अफगानिस्तानविरुद्ध करिअरको पहिलो गोल गरे।

१! वर्षअघि घरेलु मैदानमा रोहितसक्षम गोल गर्न सुन्दर अवसर थियो। तर, साफ च्याम्पियनसिपको त्यो सेमिफाइनलमा रोहित पेनाल्टीमा चुकेका थिए। उनी पेनाल्टीमा चुक्दा नेपाल १–०ले पराजित भएको थियो। प्रतिद्वन्द्वी थियो, उही अफगानिस्तान।

त्यो खेलमा नेपालले खेलको अन्त्यतिर पेनाल्टीको अवसर पाएको थियो। जसमा रोहित पेनाल्टीका आए, उनको पेनाल्टी अफगान गोलकिपरले रोकेका थिए। तर, रेफ्रिले पेनाल्टी फेरि हान्न भने। पहिलो प्रहार नै मिस भएपछि हतास देखिएका रोहित पुनः दोस्रो प्रहारका लागि आए। उनको प्रहार अफगान गोलकिपरले बचाए।

उनले पेनाल्टी चुकाउँदा पुरै देश स्तब्ध बनेको थियो। नेपालले पहिलो पटक साफ च्याम्पियसिपको फाइलन पुग्ने अवसर थियो।

त्यसपछि निरन्तर उत्कृष्ट फुटबल खेल्दै आएका रोहितले १३ वर्षपछि त्यही अफगानिस्तानविरुद्ध देशका लागि पहिलो गोल गरे र १३ वर्षपछि नेपाललाई जित अफगानिस्तानविरुद्ध जित दिलाए।

शनिबार राति भएको खेलमा नेपालले अफगानिस्तानमाथि २–०को जित निकालेको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरुआतमै जिलेस्पीजंग कार्कीले गोल गर्दै नेपालाई अग्रता दिलाए।

७८औं मिनेटमा रोहितले जिलेस्पीकै कर्नर अफगान खेलाडीले क्लियर गरेको बलमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा नेपाल २–०ले विजयी भयो। नेपालले १ वर्षपछि जित निकालेको हो। सन् २०२३को अक्टोबरमा आलोसविरुद्ध जित निकालेयता नेपाली टिम जितबिहीन थियो।