रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल विजयी

9 Sep, 2024

सुपर स्टार क्रिस्टियानो रोनाल्डोको निर्णायक गोल मद्दतमा पोर्चुगलले युईएफए नेसन्स लिगमा लागतार दोस्रो जित निकालेको छ। आइतबार राति लिस्बनमा भएको खेलमा लिगमा लागतार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले स्टकल्यान्डमाथि २–१को जित निकाल्यो।

पोर्चुगलको जितमा रोनाल्डोसँग ब्रुनो फर्नान्डेसले गोल गरे भने स्कटल्यान्डका स्कट म्याकटोमिनेले गोल गरेका थिए।

खेलमा अग्रता भने स्कटल्यान्डले लियो। ७औं मिनेटमा म्याक टोमिनेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। केनी म्याकलिनको क्रासमा डिबक्समा अनमार्क रहेका उनले हेडिङमार्फत गोल गरेका थिए।

रोनाल्डोलाई बेन्चमै राखेको पोर्चुगलले १ गोलले पछि परेको अवस्थामा हाफ टाइममै रोनाल्डोलाई मैदान छिरायो। दोस्रो हाफको सुरुआतबाट निरन्तर आक्रमण गरेको पोर्चुगलले ५४औं मिनेटमा बराबरी गोल फर्कायो। उसका ब्रुनो फर्नान्डेसले डिबक्स बाहिरबाट गोल गरेका थिए।

त्यसपछि ८८औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले नुनो मेन्डेसको क्रममा ट्यापइन गर्दै गोल गरेका थिए। स्कटल्यान्डविरुद्ध यो रोनाल्डोको पहिलो गोल हो। उनले अन्तर्राष्ट्रिय फुबटलमा ४९ फरक टिमविरुद्ध गोल गरेका छन्। त्यसपछि गोल नुहुँदा पोर्चुगल विजयी भयो।

लिग एको समूह १मा लागतार दोस्रो जितसँगै ६ अंक जोड्दै पोर्चुगल शीर्ष स्थानमा छ। स्ककटल्यान्ड भने अंक बिहीन छ।