पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो आजबाट ४० वर्ष लागेका छन्। उनको जन्म सन् १९८५मा पोर्चुगलको मडियारामा भएको थियो।
सन् २००२मा सिनियर फुटबलमा डेब्यू गरेका रोनाल्डाले २३ वर्षमा पनि उही लयमामा छन्।
अहिले उनी साउदी क्लब अल नासरबाट खेलिरहेका छन्। जहाँ उनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायमै राखेका छन्। अल नासरमा २ सिजन बिताउँदा उनले ९६ खेलमा ८७ गोल गरेका छन्।
यस्तै, उनले स्पोर्टिङका लागि ५, म्यानचेस्टर युनाइटेडका लागि १४५, युभेन्ट्सका लागि १०१ र रियल मड्रिडका लागि उनले सर्वाधिक ४४५ गोल गरेका छन्।
४० वर्षको बुढ्यौलीमा पनि फर्म रहेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले पोर्चुगलका लागि २१७ खेलमा १३५ गोल गरेका छन्। ५ पटकका बालोन डे ओर विजेता रोनाल्डो करिअरमा ९२३ गोल गरेका छन्। उनी १ हजार गोलको माइलस्टोनबाट ७७ गोल मात्र टाढा छन्।
पछिल्ला १० वर्षमा रोनाल्डो अझ उत्कृष्ट देखिएका छन्। ३० पार गरेपछि रोनाल्डोले ५४३ ख्लमा ४६० गोल गर्नुका साथै १०२ असिस्ट गरेका छन्।