रोनाल्डोले रातो कार्ड खाएको खेलमा पोर्चुगल पराजित

14 Nov, 2025

सन् २०२६को फिफा विशवकप छनोटमा पोर्चुगल पहिलो पटक पराजित भएको छ। बिहीबार राति भएको खेलमा पोर्चुगल रिपब्लिक अफ आयरल्यान्डसँग २–०ले पराजित भयो।

खेलम पोर्चगलका सुपरस्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएका छन्। खेलमा पोचुएगल २ गोलले पछि परेको अवस्थामा रोनाल्डोले ६१ औं मिनेटमा सिधै रातो कार्ड पाएका थिए।

खेलमा आयरल्यान्डका लागि दुवै गोल ट्रोय पारोटले गरेका थिए। उनले १७औं र ४५औं मिनेटमा गोल गरेका थिए।

रोनाल्डोले ६१औं मिनेटमा विपक्षीको डिबक्समा विपक्षी खेलाडीलाई कुहिनाले हिर्काएपछि रेफ्रीले भारमार्फत उनलाई रातो कार्ड देखाएका थिए। मैदानबाहिर निस्कने क्रममा आयरल्यान्ठका प्रशिक्षक र रोनाल्डोबीच भनाभन पनि भएको थियो।

१० खेलाडीमा समेटिएपछि पोर्चुगल दबाबमा परेको थियो। खेलमा थप गोल नहुँदा पोचुएगल पराजित भयो। आजकाृ खेद जितेको भए पोर्चुगल विश्वकपमा छनोट हुने थिए। अब उसले अन्तिम खेलसम्मै कुर्नपर्ने भएको छ। अन्तिम खेलमा उसले अर्मेनियासँग आइतबार खेल्ने छ। यो खेलमा जित निकाले सिधै पोर्चुगल विश्वकपमा पुग्ने छ भने बराबरी या हारले अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ।

पोर्चुगललाई हराएसँगै आयरल्यान्डको छनोट आशा जिवित भएको छ। अब अन्तिम खेलमा
छनोटको समूह हंगेरीलाई हराउन सके ऊ छनोटको प्लेअफमा पुग्ने छ।

समूह एफमा पोर्चुगल १० अंकसहित शीर्ष स्थानमा छ भने हंगेरीको ८ र आयरल्यान्डको ७ अंक छ। यसअघि नै बाहिरिसकेको अर्मेनियाको ३ अंक छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]