पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई समाजिक सञ्जालमा पछ्याउने संख्या १ अर्ब (१ बिलियन) पुगेको छ। योसँगै रोनाल्डो सामाजिक सञ्जालमा १ बिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन्।
विश्वभर चर्चित ३९ वर्षीय रोनाल्डो सर्वाधिक कमाउने खेलाडी हुन्। उनलाई फेसबुक, इन्स्टाग्राम, एक्स, युट्युब, चिनियाँ समाजिक सञ्जाललगायतमा १ अर्ब मानिसले फलो गरेका हुन्।
रोनाल्डोको सर्वाधिक फलोअर्स इन्स्टामा छन्। जहाँ रोनाल्डोलाई ६ सय मिलियनले पछ्याएका छन्। यस्तै, उनलाई फेसबुकमा १७० मिलियन, एक्समा १ सय मिनिलय र युट्युबमा ६० मिलियनले फालो गरेका छन्।
रोनाल्डो ३ साताअघि मात्र युट्युबमा जोडिएका थिए। उनले युट्युबका धेरै रेकर्ड तोडेका छन्। चीनमा समेत निकै पपुलर रहेका रोनाल्डोलाई चिनियाँ समाजिक सञ्जालमा पछ्याउनेको संख्या पनि उल्लेख्य रहेको छन्।
सामाजिक सञ्जालमा आफूलाई पछ्याउनेको संख्या १ बिलियन पुगेको अवसरमा एक्समार्फत पोस्टर सार्वजनिक गर्दै रोनाल्डोले खुसी व्यक्त गर्दै सबैलाई धन्यावाद दिएका छन्।

आफूले इतिहास रचेको बताउँदै रोनाल्डोले यो संख्यामात्र नभएर जोश, प्रेरणा, खेलप्रतिको माया र त्यसको प्रमाण भएको बताएका छन्। उनले आफूले सधैं परिवार र दर्शकका लािग खेलेको बताएका छन्।
‘हामीले इतिहास रचेका छौं— १ अर्ब फालोअर्स! यो मात्र संख्या होइन, यो हाम्रो साझा जोश, प्रेरणा, र खेलप्रतिको माया र त्यसबाहेकको प्रमाण हो,’ एक्समा लेखेका छन्, ‘मडेरियाका सडकदेखि लिएर संसारका ठूला मञ्चहरूसम्म, म सधैं मेरो परिवार र तपाईँहरूको लागि खेलेको छु, र अब हामी १ अर्ब जनाहरू एकसाथ उभिएका छौं।’
रोनाल्डोले दर्शकले आफ्नो यात्रामा सबै उपचारचढाव (सफलता, असफल)मा साथ दिएको उल्लेख गरेका छन्। ‘तपाईं मेरो यात्रामा प्रत्येक पाइलामा साथ दिनु भएको छ, सबै उतारचढावहरूमा पनि। यो यात्रा हाम्रो यात्रा हो, र हामीले सँगै प्रमाणित गर्यौं कि हामीले हासिल गर्न नसक्ने कुनै सीमा छैन,’ उनले लखेका छन्।
रोनाल्डोले आफूलाई विश्वास, समर्थन गरेकोमा सबैलाई धन्यवाद दिँदै अझ राम्रो भविष्य अगाडि रहेको उल्लेख गरेका छन्।

‘मलाई विश्वास गर्नु भएकोमा, मलाई समर्थन गर्नु भएकोमा, र मेरो जीवनको एक हिस्सा हुनु भएकोमा धन्यवाद!,’ उनले लेखेका छन्, ‘अझ राम्रो भविष्य हाम्रो अगाडि छ, र हामीले सँगै संघर्ष, विजय, र इतिहास बनाउन जारी राख्नेछौं।’
रोनाल्डो अहिले साउदी अरेबियामा प्रो लिग क्लब अल नासरबाट व्यसायिक फुटबल खेलिसकेका छन्। यसैसाता मात्रै करिअरको ९ सय गोल गरेका रोनाल्डोले अझै उत्कृष्ट लयमा छन्। उनले आफ्नो लक्ष्य १ हजार गोल भएको बताएका छन्।