स्पेनिस क्लब बार्सिलोनाले स्विडिस युवा विंगर रुनी बार्डिजलाई अनुबन्धन गरेको छ। बार्सिलोनाले १९ वर्षीय युवा विंगरलाई एफसी कोपनहेगनबाट अनुबन्धन गरेको हो।
बार्सिलोनाले बार्डिजलाई २.५ मिलियन युरोमा अनुबन्धन गरेको हो। कोपनहेगेलको बार्सिलोनामा बर्डिजले राम्रो प्रदर्शन गरे बोनस पाउने छ भने उनको ट्रान्सफरको १५ प्रतिशत रकम पनि पाउने छ।
कोपहेगनमा उत्कृष्ट प्रदर्शन गरेका उनले ८४ खेलमा १५ गोल गरेका छन्। गत सिजन भने उनले चोटका कारण ६ खेल मात्र खेलन सकेका थिए।
बार्सिलोनासँग सम्झौता गरेपछि बर्डिजले आफ्नो बाल्यकालदेखि कै सपना पुरा भएको बताएका छन्।
