फ्रान्सेली युवा मिडफिल्डर रायन चार्की प्रियिमर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका छन्।
सिटीले २१ वर्षीय चार्कीलाई लियोनबाट ४६ मिलियनमा पाउण्डमा अनुबन्धन गरेको हो। योसागै उनी यसै साताबाट सुरु हुने क्लब विश्वकपमा पनि सहभागी हुने छन्।
फ्रेन्च टिमको महत्वपूर्ण सदस्य रहिरसकेका चार्कीले सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन्।
चार्कीले लियोनमा गत सिजन लिग १ मा ३८ खेलमा ११ गोल र १२ असिस्ट गरेर आफ्नो प्रतिभा देखाएका थिए। उनको रचनात्मक खेल शैली र दुवै फ्ल्याङ्कमा खेल्ने क्षमताले प्रशिक्षक पेप ग्वार्डियोला आकर्षित भएका हुन्।
सिटीले यो डिलमा प्रारम्भिक घ्४१ मिलियन तिरेको छ, र बाँकी रकम प्रदर्शनमा आधारित थप शर्तमा निर्भर छ। चार्कीको आगमनले केभिन डी ब्रुयनको सम्भावित बिदाइ र बर्नार्डो सिल्भाको भूमिकालाई सन्तुलन प्रदान गर्नेछ।
सिटीले यसअघि नै रायन एट–नौरी र तिज्जानी रेइन्डर्सलाई अनुबन्ध गरेको ।
