सावित्रासँग अझै बाँकी छ एसियन कपमा छनोट नहुँदाको पीडा

28 Oct, 2025

केही महिनाअघि निर्णायक खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाली टिम महिला एसियन कपमा छनोट हुन असफल भएको थियो।

उज्वेकिस्तानसँगको सो खेल निर्धारित समयमा ३–३को बराबरी भएको थियो। त्यसपछि नेपाल र उज्वेकिस्तानको अंक र गोलअन्तर पनि बराबरी भएपछि एसियन कपमा छनोट हुने टिमको टुंगो लगाउन पेनाल्टी सुटआउट गरिएको थियो।

पेनाल्टी सुटआउटमा नेपाल ४–२ले पराजित हुँदै एसियन कपमा पुग्न असmपल भएको थियो। निर्धारित समयमा २ गोल गरेपछि कप्तान सावित्रा भण्डारीले पेनाल्टी सुटआउटमा नेपालबाट पहिलो प्रहार गरिन्, तर उनी गोल गर्न चुकेकी थिइन्।

त्यो पीडा सावित्राले अझै भुल्न सकेकी छैनन्। सोमबार राति मैत्रीपूर्ण खेलमा भारतलाई उसकै मैदानमा हराएपछि उनले एसिन कपमा छनोट हुन नकसकेको पीडा अझै बाँकी रहेको बताइन्।

ट्राईनेसन्स कप महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको अन्तिम खेलमा भारतलाई २–१ले हराउँखदा उनै सावित्राले नेपालका लागि दुवै गोल गरेकी थिइन्। सामाजिक सञ्जालमार्फत उनले भारत विरुद्धको जित मह्तवपूर्ण भएको उल्लेख गर्दै एसियन कप पुग्न नसकेको पिडा व्यक्त गरेकी छिन्।

‘राष्ट्रिय टोलीसँग यो साता मिश्रित नतिजा आयो । तर भारतको चुनौतीलाई फेरि पार गर्नु यो महत्त्वपूर्ण थियो, एसियान कप गुमाउनुको पिडा अझै छ किनकि हामीलाई थाहा छ कि हामी अझ उचाइमा पुग्न सक्षम छौं,’ उनले लेखेकी छिन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]