सावित्रा काठमाडौं आइपुगिन्, कीर्गिस्तानविरुद्ध नखेल्ने

17 Feb, 2025

आजबाट दशरथ रंगशालामा सुरु हुने चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न नेपाली स्टार खेलाडी सावित्रा भण्डारी काठमाडौं आइपुगेकी छिन्।

फ्रान्समा व्यवासयिक फुटबल खेलिरहेकी सावित्रा सोमबार बिहान काठमाडौं आइपुगेकी हुन्। उनलाई त्रिभुवन विमानस्थलमा एन्फाका प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरेका थिए।

सावित्राले शनिबार राति मात्रै फ्रेन्च महिला लिगमा ग्वेन्ग्याम्पका लागि लियोनविरुद्ध खेलेकी थिइन्।

च्याम्पियनसिपमा नेपालले आजै कीर्गिस्तानसँग खेल्दै छ। साँझ ६ बजे दशरथ रंगशालामा हुने खेल सावित्राले गुमाउने छिन्। लामो हवाई यात्रा गरेर नेपाल आइपुगेकाले सात्रिवाले आज नखेलने मुख्य प्रशिक्षक राजेन्द्र तामाङलले बताएका छन्। उनलाई रेस्ट दिइने प्रशिक्षक तामाङले बताएका छन्।

आजदेखि सुरू हुन लागेको नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित छन्। नेपालले दोस्रो खेल बिहीबार लेबनानसँग र तेस्रो खेल आइतबार म्यानमारसँग खेल्ने छ।

सिंगल राउण्ड रोबिन लिगबाट शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]