फ्रेन्च महिला लिगमा नेपाली स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) २ गोल गरेकी छिन्।
अभेन्ट गुनगाम्प आबद्ध साम्बाले शुक्रबार राति भएको खेलमा पिएसजी विरुद्ध गोल गरेकी हुन्।
तर, सावित्राले २ गोल गरेपनि उनको टिम अभेन्ट गुनगाम्प भने पराजित भयो। सो खेलमा अभेन्ट गुनगाम्प पिएसजीसँग ६–२को फराकिलो अन्तरले पराजित भयो।
खेलमा सावित्राले ५८औं र ८८औं मिनेटमा गोल गरेकी थिइन्। फ्रेन्च लिगमा उनले कुल तीन गोल गरेकी छिन्।
महिला लिगमा पिएसजी १८ खेलबाट ४२ अंकका साथ दोस्रो स्थानमा छ । खराब प्रदर्शन गरिरहेको ग्वेङगाम्प भने समान खेलबाट ३ अंकका साथ पुछारमा छ। उसले १८ खेलमा १७ खेलमा हार र १ जित निकालेको छ।