लगातार दाेस्राे खेलमा कप्तान सावित्राको ह्याट्रिक, श्रीलंकामाथि नेपालको फराकिलो जित

2 Jul, 2025

उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कपको छनोटमा नेपाली महिला टिमले लागतार दोस्रो जित निकालेको छ। पहिलो खेलमा लाओसमाथि ९–०को फराकिले जित निकालेको नेपालले दोस्रो खेलमा बुधबार साँझ श्रीलंकामाथि ८–० सानदार जित निकाल्यो।

नेपाललाई सानदार जित दिलाउन कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। यस्तै, गीता रानाले २ गोल गर्दा निशा थोकर, रेखा पौडेल र पुजा रानाले पनि गोल गरे।

नेपालले पहिलो हाफमै सावित्राको ह्याटिङक मद्दतमा ४–०को अग्रता लिएको थियो। सावित्राले २०, ४२ र इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै लागतार दोस्रो खेलमा ह्याट्रिक गरिन्। उनले लाओसविरुद्ध ४ गोल गरेकी थिइन्। त्यसअघि गीताले १२औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएक थिइन्।

५४औं मिनेटमा गीताले नै गोल गरेपछि नेपालले ५–०को अग्रता लियो। त्यससपछि ६२औं मिनेटमा निशा, ७८औं मिनेटमा रेखा र ८९ औं मिनेटमा पुजाले गोल गरेपछि नेपालले ८–०को सानदार जित निकाल्यो।

यो जितसँगै नेपालले श्रीलंकासँगको अपराजित यात्रालाई ११ खेलसम्म निरन्तरता दिएको थियो। श्रीलंकको यो प्रतियोगितामा लागतार दोस्रो हार हो।

अब नेपालले समूहको अन्तिम खेलमा बलियो घरेलु टोली उज्वेकिस्तानसँग खेल्ने छ। ४ टिम रहेको समूहको शीर्ष टिमले अर्को अस्ट्रेलियामा हुने एसियन कप खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]