थाइल्याण्डमा आजदेखि सुरु हुने साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ।
साफले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गर्न लागेको हो। जसमा दक्षिण एसियाका सातै देशका महिला र पुरुष दुवैको प्रतियोगिता हुनेछ। पुरुषतर्फ नेपालले पहिलो खेल शुक्रबार खेल्नेछ।
पुरुष फुटसल टिमले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेपनि महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेल्न लागेको हो।
नेपाली महिला टोलीले यसपछि १५ जनवरीमा माल्दिभ्स, १७ जनवरीमा भारत, १९ जनवरीमा बंगलादेश, २१ जनवरीमा पाकिस्तान तथा २५ जनवरीमा भुटानसँग खेल्नेछ।
साफको इतिहासमा दक्षिण एसिया बाहिर आयोजना हुन लागेको यो पहिलो प्रतियोगिता हो।
