अन्तर्राष्ट्रिय फुटसल नेपालको ऐतिहासिक जित

15 Jan, 2026

अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक पहिलो जित निकालेको छ।

थाइल्यान्डमा जारी साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ बिहीबार नेपाली टिमले माल्दिभ्सविरुद्ध ५–० को जित निकाल्यो। नेपालले निकालेको यो अन्तर्राष्ट्रिय फुटसलको पहिलो जित हो।

यो प्रतियोगितामा पनि नेपालको पहिलो जित हो। यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग २–२को बराबरीमा रोकिएको थियो।

हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई गोल गरिन्। यस्तै, विमला चौधरी र मनिषा थापामगरले एक–एक गोल गरे । नेपालले एक गोल माल्दिभ्सका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो।

पहिलो हाफमा चार गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा एक गोल थपेको हो।

जितसँगै नेपाल दुई खेलमा चार अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]