१० वर्षपछि सनले टोटनहम छाड्ने

2 Aug, 2025

कोरियन स्टार सन ह्युङ मिनले १० वर्षपछि लन्डन क्लब टोटनहम छाड्न भनेका छन्। दक्षिण कोरियाको सोलमा आयोजित पत्रकार सम्मेलन गर्दै सनले टोटनमह छाड्ने घोषणा गरेका हुन्।

३३ वर्षीय सनले यो निर्णय आफ्नो करिअरको सबैभन्दा कठीन क्षण भएको बताएका छन्। यता, टोटनहमले आफ्ना कप्तानको निर्णयलाईसहयोग गर्ने जनाएको छ।

सन् सनले २०१५ मा जर्मन क्लब बायर लेभरकुसेनबाट २२ मिलियन पाण्डमा टोटनहममा आएका थिए। उनले टोटनहमबाछ ४५४ खेलमा १७३ गोल गरेका छन्।

ह्यारी केनले क्लब छाडेपछि उनी पछिल्ला २ सिजन उनले कप्तानी गरेका थिए। उनकै कप्तानीमा टोटनहमले १७ वर्षपछि अघिल्लो सिजन युरोपा लिग उपाधि जितेको थियो।

‘म २३ वर्षको उमेरमा यहाँ आएँ, अंग्रेजी पनि बोल्न सक्थेंन। अब एक गर्व गर्न सक्ने अवस्थामा क्लबबाट विदा लिँदै छु,’ उनले भने।

सन् सम्भवतः मेजर लिग सॉकर क्लब लस एन्जलस एफसी जाने छन्। उनलाई भित्र्याउन साउदी क्लबले पनि चासो देखाएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]