रियलका खेलाडी बिनै नेसन्स लिगका लागि स्पेनको टिम घोषणा, ६ वर्षपछि इस्कोले गरे पुनगरागमन

27 May, 2025

प्रशिक्षक लुइस डे ला फोन्टेले नेसन्स लिगको सेमिफाइनलका लागि स्पेनिस टिमको घोषणा गरेका छन्। अर्को साता हुने फ्रान्सविरुद्धको सेमिफाइनलका लागि फोन्टेले २६ सदस्यीय टिम घोषणा गरेका छन्।

फोन्टे टिममा रियल मड्रिडका कुनैपनि खेलाडीलाई स्थान दिएका छैनन्। फोन्टोको टिममा रियलले भर्खरै साइन गरेका युवा डिफेन्डर डिअन हुजिन्सन छन्, तर उनी औपचारिक रुपमा रियलका खेलाडी भइसकेका छैनन।

स्पेनको टिममा रियल मड्रिडका खेलाडी नपरेको यो इतिहासमा दोस्रो पटक हो। यससअघि सन् २०२१ मा प्रशिक्षक लुइस एनरिकेले रियलका खेलाडी बिनै स्पेनको टिम बनाए थिए।

यता, स्पेनको टिममा ६ वर्षपछि मिडफिल्डर इस्कोले पुनरामगन गरेका छन्। यो सिजन रियल बेटिसका लागि उत्कृष्ट प्रदर्शन गरेपछि उनले टिममा स्थान बनाएका हुन्।

स्पेनिस टिम : उनाई सिमोन, डेविड राया, एलेक्स रेमिरो (गोलकिपर), पेड्रो पोरो, ड्यानी भिभियन, डिएन हुजिन्सन, एलेसान्ड्रो ग्रिमाल्डो, मार्क कुकुरेया, रोबिन ले नोर्मान्ड, पाउ कुबार्सी, ओस्कार मिन्गुइजा (डिफेन्डर), मिकेल मेरिनो, पेड्री, फेर्मिन लोपेज, पाब्लो गाभी, फाबियन रुइज, इस्को, मार्टिन जुबिमेन्डी, एलेक्स बाइना (मिडफिल्डर), लामिन यमल, ड्यानी ओल्मो, निको विलियम्स, अल्भारा मोराटा, सामु अहेहोवा यरेमी पिनो, मिकेल ओयासाबल (स्ट्राइकर)।