रियल मड्रिडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कप च्याम्पियन

12 Jan, 2026

बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ। गएराति साउदी अरेबियाको जेद्दाहमा भएको फाइनलमा रियल मड्रिडलाई ३–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो।

यो बार्सिलोनाको लगातार दोस्रो सुपर कप उपाधि हो। गत संस्करणको फाइनलमा पनि बार्सिलोनाले रियल मड्रिडलाई नै हराएर उपाधि जितेको थियो ।

रोमाञ्चक फाइनलमा बार्सिलोनाका लागि राफिन्हाले ३६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा रियलका भिनिसियस जुनियरले बराबरी गोल गरे।

त्यस लगत्तै रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै बार्सिलोनालाई फेरि अगाडि बढाए। तर फेरि रियलका गोन्जालो गार्सियाले गोल गर्दै खेल बराबरीमा ल्याएपछि पहिलो हाफ २(२ को बराबरीमा सकिएको थियो ।

खेलको ७३औं मिनेटमा राफिन्हाले निर्णायक गोल गरे, जसले बार्सिलोनालाई जित दिलायो। अन्तिम समयमा दुवै टोलीले केही अवसर पाए पनि थप गोल हुन सकेन। इन्जुरी समयमा बार्सिलोनाका फ्रेन्की डे योङले रातो कार्ड पाएका थिए ।

यस जितसँगै बार्सिलोनाले स्पेनिस सुपर कप १६औं पटक जितेको छ। प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोना हाल उत्कृष्ट लयमा छ र ला लिगामा पनि शीर्ष स्थानमा रहेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]