फ्रेन्च डिफेन्डर तथा इटालियन क्लब एसी मिलानका कप्तान थियो हर्नान्डेज साउदी लागेका छन्। उनी जारी क्लब विश्वकपको क्वाटरफाइनलसम्म पुगेको साउदी क्लब अल हिलालमा आबद्ध भएका छन्।
२७ वर्षीय हर्नान्डेजका अल हिलालाले २५ मिलियन युरो खर्चिएको छ। उनले अल हिलालामा वार्षिक २० मिलियन युरो तबल पाउने छन्।
एसी मिलनमा ९ वर्ष बिताएका हर्नान्डेज पुरोपियन क्लबमै जान चाहन्थे। तर, क्लबहरु चासो नदेखाएपछि उनले अल हिलाल रोजेका हुन्। उनी अल हिलाला जाने पक्का भए पनि औपचारिक सम्झौता हुन भने बाँकी छ।
सन् २०१९ मा रियल मड्रिडबाट एसी मिलानका आएका उनले यहाँ २६२ खेल खेल्दै ३४ गोल र ४१ असिस्ट गरेका छन्। जसमा ७० क्लिनसिट पनि छ। उनले एसी मिलानबाट सन् २०२१–२२मा सिरिए र २०२४–२५मा सुपरकोपा इटालियाना जितेका थिए।
त्यसअघि उनले मड्रिडका दुई क्लब रियल र एट्लेटिकोबाट पनि खेलेका छन्। उनले अलाभेस र रियल सोसिडाडबाट भने लोनमा खेलेका थिए। रियलबाट उनले २३ खेल मात्र खेलेका छन्। २ सिजन रियलमा रहँदा उनले च्याम्पियन्स लिग, युईएफए सुपरकप, सुपरकोपा र क्लब विश्वकप गरी ४ उपाधि जितेका छन्।
सन् २०२१मा फ्रान्सको टिममा डेब्यू गरेका उनले त्यसयता ३८ खेल खेल्दै २ गोल गरेका छन्।
