मुलरले लिए सन्न्यास

15 Jul, 2024

जमर्न भेट्रान स्ट्राइकर थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबलको सन्न्यासको घोषणा गरेका छन्। मुलरले सोमबार १४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करिअर टुंग्याउने घोषणा गरेका हुन्।

उनी अन्तिम जर्मन जर्सीमा युरोकपको क्वार्टरफाइनलमा स्पनेविरुद्ध मैदानमा देखिएका थिए। त्यो नै जर्मनीका लागि अन्तिम खेल रह्यो।

सन्न्यासको घोषणा गर्दै ३४ वर्षीय मुलरले दशेको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसूस गरेको बताएका छन्। उनले अब राष्ट्रिय टिमको सदस्य होइन, प्रसंशकका रुपमा टिमलाई समर्थन गर्ने बताएका छन्।

१४ वर्षको अवधिमा उनले राष्ट्रिय टिमबाट १३१ खेल खेल्दै ४५ गोल गरेका छन्। सन् २०१४मा ब्राजिलमा भएको विश्वकपमा जर्मनीलाई च्याम्पियन बनाउने उनको भूमिका महत्वपूर्ण थियो। त्यो विश्वापमा उनले कुल ५ गोल गरेका थिए।

यस्तै, २०१०को विश्वकपमा जर्मनी तेस्रो भएपछि मुलरले गोल्डेन बुट र उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए। सो विश्वकपमा उनले ५ गोल गरेका थिए।

‘१४ वर्षअघि, जब मैले राष्ट्रिय टिममा मेरो डेब्यू गरेको थिएँ, मैले यो सबै अनुभव गर्ने सपना पनि देखेको थिइनँ। १३१ अन्तर्राष्ट्रिय खेलहरू र ४५ गोलहरू गरेपछि,आज म जर्मन राष्ट्रिय टिमबाट अवकाश लिँदैछु। मैले देशको प्रतिनिधित्व गर्दा सधैं गर्व महसुस गरें र सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्, ‘अब म राष्ट्रिय टिमको सदस्यको रूपमा होइन, प्रशंसकको रूपमा टिमलाई समर्थन गर्नेछु । आशा छ, जर्मनी २०२६ विश्वकपको लागि छनोटको हुनेछ।’

मुलर व्यसायिक फुटबलमा भने देखिनेछन्। उनी अहिलले जर्मन क्लब बायर्न म्युनिखमा छन्। तर, पछिल्लो समय कमै मात्र खेल्ने मौका पाएपछि उनले क्लब छाड्ने चार्च छ।