चर्च ब्वाइजले जित्यो तिलोत्तमा गोल्डकप

30 Mar, 2025

चर्च ब्वाइज युनाइटेडरले २३औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ।

बुटबलको देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई २–० ले हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो।

१९औं मिनेटमा रिचार्ड विल्सनको गोलमा चर्च ब्वाइले सुरुआती अग्रता लियो। त्यसपछि ६६औं मिनेटमा राज भुसालले गोल गरेपछि चर्च ब्वाइज विजयी भयो।

उपाधिसँगै चर्च ब्वाइजले १२ लाख १२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्दा उपविजेता एपीएफले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगितामा वेस्ट गोलकिपर चर्च ब्वाइजका विवश चौधरी भए भने वेस्ट डिफेन्डर एपिएफका मानबहादुर राना, वेस्ट मिडफिल्डरको स्यामुयल सुनार, वेस्ट फरवार्ड चर्च ब्वाईजका रिचार्ड विल्सन भए। वेस्ट प्रशिक्षक चर्च ब्याइजका आशिक थापा मगर भए।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका अमन लामा भए। उनले स्कुटर प्राप्त गरे।