रिचार्लिसनले अन्तिम मिनेटमा गोल गरेपछि टोटनहमले प्रिमियर लिगमा लिभरपुललाई बराबरीमा राेकेकाे छ। एनफिल्डमा भएको खेलमा टाेटनहमले लिभरपुललाई १-१ को बराबरीमा राेकेकाे हाे।
घरेलु मैदान लिरभपुलले सुरुवाती अग्रता लियाे। उसका डोमिनिक सोबोजलाई १६औं मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
तर रिचार्लिसनले ९०औं मिनेटमा गाेल गर्दै खेलालाई १-१काे बराबरीमा ल्याए।
बराबरीपछि लिभरपुल ३० खेलबाट ४९ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ। लिभरपुलले चेल्सीलाई १ अंकले पछि पारेको छ भने चौथो स्थानको एस्टन भिल्ला भन्दा २ अंकले पछि छ।
टाेटनहम ३० अंकसहित १६औं स्थानमा छ। उ रेलिगेसन जोनभन्दा १ अंकले मात्र अघि छ।
