२६ वर्षीय ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड वर्तमान समयका उत्कृष्ट फुलब्याकमध्ये एक हुन्।
इंग्लिस क्लब लिभरपुलमा आफूलाई स्थापित गरेका आर्नोल्डले सिजनको अन्त्यसँगै क्लब छाड्ने चर्च अहिले ब्यापक छ। लिभरपुलसँगको उनको सम्झौता यही जुनमा सकिँदैछ।
आर्नोल्डलाई समर ट्रान्सफरमा फ्रि टान्सफरमा भित्र्याउन स्पेनिस जायन्ट रियल मड्रिडले प्रयास गरिरहेको छ। सोही अनुसार उसले यसैसाता आर्नोल्डसमक्ष औपचारिक प्रस्ताव पनि गरेको छ।
आर्नोल्ड पनि रियल जान इच्छुक देखिँदैआएका छन्। सोही अनुसार उनले लिभरपुलसँगको सम्झौता नवीकरण गर्न अस्वीकार गरेका छन्।
पछिल्ला रिपोर्टहरूका अनुसार यो स्थानान्तरणको सम्भावना अझै बलियो बन्दै गएको छ। रियलले इंग्लिस टिममेट जुड बेलिङ्घममार्फत आर्नोल्डलाई कन्भिन्स गराउने प्रयास गरिरहेको बाइन्छ। दुवै राम्रा साथी हुन्।
आर्नोल्डलाई समर ट्रान्सरमा क्लबमा ल्याउने रियलको मुख्य लक्ष्य हो। उनको रक्षात्मक र आक्रामक दुवै क्षमतालाई रियलका लागि उपयुक्त हुने बताइन्छ।
ट्रेन्टको उत्कृष्ट पासिङ र खेल बनाउने शैलीले रियलको रणनीतिमा नयाँ आयाम थप्न सक्ने विश्लेषकहरूको मत छ। यद्यपि, लिभरपुलले उनलाई क्लबमै राख्न हरसम्भव प्रयास गरिरहेको छ, तर अहिलेसम्म नयाँ सम्झौतामा सहमति जुट्न सकेको छैन।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ट्रेन्टका प्रतिनिधि र रियल म्याड्रिडबीच वार्ता चलिरहेको छ, तर औपचारिक सम्झौता भइसकेको बताएका छन्।
स्पेनिस मिडियाले यो स्थानान्तरण लगभग पक्का भएको दाबी गरे पनि, अन्य रिपोर्टहरूले यो कुरालाई अस्वीकार गरेका छन्। लिभरपुलका प्रशिक्षक आर्ने स्लटले हालै ट्रेन्टको प्रदर्शनमा यी हल्लाहरूको कुनै प्रभाव नपरेको बताएका छन्।
यो चर्चा अझै अनिश्चितताले भरिएको छ, तर यदि यो ट्रान्सफर सफल भएमा, यो फुटबल बजारमा ठूलो हलचल मच्चाउने घटना बन्न सक्छ।
ट्रेन्टले लिभरपुलबाट प्रिमियर लिग, च्याम्पियन्स लिग जस्ता ठूला उपाधि जितिसकेका छन्। र, रियलमा गएर उनले आफ्नो करियरलाई थप उचाइ दिने सम्भावना पनि उत्तिकै छ।
अब यो कुरा समयले नै बताउनेछ कि उनी आफ्नो बाल्यकालको क्लबमा रहन्छन् वा नयाँ चुनौतीका लागि स्पेनतर्फ लाग्नेछन्।