यू–१७ महिला साफमा नेपालले भुटानसँग खेल्दै

22 Aug, 2025

नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ।

साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो। नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ।

दुवै टोली प्रतियोगिताको पहिलो खेलमा पराजित भएका छन् । नेपालले पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली सहभागी छन्।

प्रतियोगिता डबल राउण्ड–रोबिन प्रणालीमा भइरहेको छ, जसअनुसार प्रत्येक टोलीले दुईपटक सबै टोलीसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने टोली च्याम्पियन बन्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]