आसन्न यू–१७ महिला एसियन कपको छनोटमा नेपाल समूह एफमा परेको छ।
बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा भएको ड्रमा नेपाल समूह एफमा परेको हो। यो समूहमा आयोजक थाइल्यान्ड र तुर्कमेनिस्तान पनि छन्।
छनोटमा कुल २७ टिम सहभागी छन्। उनीहरुलाई ८ समूहमा विभाजन गरिएको छ। जसअनुसार तीन समूहमा ४ र पाँच समूहमा ३ टिम रहने एएफसीले जनाएको छ।
सन् २०२६ मा हुने यू–१७ एसियन कपमा कुल १२ टिम सहभागी हुने छन्। छनोटबाट समूहका शीर्ष टिमले मात्रै अन्तिम प्रतियोगितामा खेल्ने छन्।
आयोजक चीनसँगै जापान, दक्षिण कोरिया र उत्तर कोरियाले स्वतः छनोट भएका छन्।
