यू-१९ महिला साफ : नेपाल भारतसँग पराजित

31 Jan, 2026

यू-१९ महिला साफ च्याम्पियनसिपमा नेपाल पराजित भएकाे छ।

पोखरा रंगशालमा शनिबार भएको खेलमा नेपाल भारतसँग १-० ले पराजित भयो।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकाे खेलमा भारतका लागि पर्ल फर्नान्डेजले निर्णायक गोल गरिन्। उनले दोस्रोकाे चौथो मिनेटमै गोल गरेकी थिइन्।

नेपालले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन्।

शनिबारै भएको पहिलो खेलमा साविक विजेता बंगलादेशले भुटानलाई १२-० को फराकिलाे अन्तरले हराएकाे थियाे।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भुटानसँग खेल्नेछ। प्रतियाेगितामा नेपाल, भातर, बंगलादेश र भुटानमात्र सहभागी छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]