भारतलाई पेनाल्टीमा हराउँदै बंगलादेश यू–२० साफको फाइनलमा, उपाधिका लागि नेपालसँग खल्ने

26 Aug, 2024

बंगलादेश काठमाडौंमा जारी यू–२० साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

सोमबार दिउँसो सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो।

योसँगै बुधबार हुने फाइनल नेपाल र बंगलादेशबीचको भीडन्त पक्का भएको छ। नेपाल आइबार भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टीमै ४–१ले हराउँदै फाइनल पुगेको थियो।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा बंगलादेशका लागि दोस्रो रोजाइका गोलरक्षक मोहम्मद हासिफले भारतका दुई पेनाल्टी बचाउ गर्दै टिमलाई फाइनलमा पु¥याए।

त्यसअघि ३६औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। उसका असदुल मुल्लाले गोल गरेका थिए। ७५औं कप्तान ग्वामस्वायर गोयरीले गोल गर्दै भारतलाई खेलमा र्फाएका थिए।

खेलको अन्त्यतिर बंगलादेश दस खेलाडीमा सीमित भएको थियो। उसका कामासाई मारमा दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे।