यू-२० महिला साफमा नेपालले आज भुटानसँग खेल्दै

19 Jul, 2025

बंगलादेशमा भइरहेको यू–२० महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दैछ। खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

४ टिममात्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा भइरहेको छ। लिगमा नेपालको यो पाँचौं तथा भुटानसँगको दोस्रो खेल हो। पहिलो लेगमा नेपालले भुटानामथि ६–१को जित निकाल्को थियो।

नेपालले यसअघिका ४ मध्ये तीन खेल जितेको छ। एकमात्र खेलमा नेपाल बंगलादेशसँग ३–२ले पराजित भएको थियो। यस्तै, नेपालले श्रीलंकामाथि दुवै खेलमा समान ७–०को जित निकालेको थियो।

यता, भुटानले १ खेल मात्र जितेको छ। उसले श्रीलंकालाई हराएको थियो। ऊ नेपालसँग १ खेलमा तथा बंगलादेशसँग २ खेलमा पराजित भएको थियो। ऊ उपाधि होडबाट बाहिरिसकेको छ।

प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो स्थानमा छ। भुटान ३ अंकसहित तेस्रो तथा श्रीलंका अंकबिहीन छ।

नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ, यो खेल उपाधिका लागि निर्णायक हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]