यू–२० साफको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्दै

28 Aug, 2024

काठमाडौंमा जारी यू–२० साफ च्याम्पियनसिपको फाइलन आज हुँदैछ। आज दिउँसो २ः४५ बजे एन्फा कम्प्लेक्स मैदानमा हुने फाइनलमा घरेलु टोली नेपालले बंगलादेशसँग खेल्दैछ। 

प्रतियोगितामा अपराजित रहेको नेपाल घरेलु मैदानमा उपाधि जित्ने अभियानमा छ। यता, बंगलादेश भने नेपालसँग समूह चरणमा प्राप्त हारको बदला लिँदै पहिलो पटक च्याम्पियन बन्न चाहन्छ। 

नेपाल प्रतियोगितामा तेस्रो उपाधिको खोजीमा छ। यसअघि नेपालले सन् २०१५ र २०१७मा उपाधि जितेको थियो। यता, बंगलादेश भने सन् २०१९ र २०२२मा लगातार फाइनल पुगेको थियो, ऊ दुवै पछक भारतसँग पराजित भएको थियो।

नेपाली टोलीमा राष्ट्रिय टोलीको अनुभव भइसकेका समिर तामाङ, सिमान्त थापालगायतका खेलाडी रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ उपाधिको लक्ष्य राखेका छन्। 

मंगलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रक्षिकश श्रेष्ठ फाइनलका आफूहरु तयार रहेको बताए। फाइनल प्रतिस्पर्धात्मक हुने बताउँदै उनले जसले रम्रो खेल्छ उसैले जित्ने बताए। 

‘दशरथ रंगशालाको जति दर्शकको साथ एन्फा कम्प्लेक्समा नपाएपनि तयारी यही मैदानमा गरेका टिमलार्इ फाइदा हुने उनले बताए। उनले सेमिफाइनल सम्मको खेलमा टोलीको राम्रो र नराम्रो पक्ष केलाएको बताउँदै फाइनलमा सुधार ल्याउने बताए।

यस्तै, कप्तान कुशल देउवाले उपाधि घरमै राख्न नेपाली टिम तयार रहेको बताए। बंगालदेश कठीन टिम भएको बताउँदै उनले लाई समूह चरणम हराइसकेकाले उपाधि जित्नेमा आफूहरु विश्वास्त रहेको बताए। तर, खेलाडीहरुले मैदानमा शतप्रतिशत दिनु पर्ने उनले बताए। 

यता, बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाईनलसम्म यात्रामा धेरै उताचढाव रहेको बताउँदै नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताए। नेपालका अधिकांश खेलाडी यही मैदानमा खेलेकाले नेपाललाई फाइदा हुने बताए। 

नेपाल र बंगलादेश जारी प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुनेछन्। यसअघि समूह चरणको पहिलो भेटमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । यी दुई टिम पहिलो पटक फाइनलमा भीड्न लागेका हुन्।