यू-२० महिला साफमा नेपालको सानदार सुरुआत, पूर्णिमाको ह्याट्रिकमा भुटानमाथि ६-१ काे जित

11 Jul, 2025

बंगलादेशमा आजबाट सुरु भएको यू–२० महिला साफ च्याम्पियनसिपमा नेपालले सानदार सुरुआत गरेको छ।

बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरेनामा शुक्रबार साँझ भएको खेलमा पूर्णिमा राईको ह्याट्रिक मद्दतमा नेपालले भुटानमाथि ६–१को सानदार जित निकाल्यो।

नेपालको जितमा पूर्णिमाले ह्याट्रिकसहित ४ गोल गरिन् भने सेनु परियारको २ गोल गरिन्। भुटानका लागि एकमात्र गोल केल्देन वाङ्मोले गरिन्। खेलमा नेपालले दुवै हाफमा समान ३ गोल गरेको थियो।

नेपालले नवौं मिनेटमा सोनुको गोलमा अग्रता लियो। १८औं मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन्। ४५औं मिनेटमा सोनुले नै गोल गरेपछि नेपालले पहिलो हाफमा ३–०को अग्रता लियो।

५३औं वाङ्मोले गोल गर्दै भुटानलाई खेलमा फर्काउने प्रयास गरिन्। तर, ५३औं मिनेटमै पूर्णिमाले नेपाललाई ४–१को अवस्थामा ल्याइन्। ८३औं मिनेटमा गोल गर्दै पूर्णिमाले आफ्नो ह्याट्रिक पुरा गरिन्। ८८औं मिनेटमा पूर्णिमाले नै गोल गरेपछि खेलमा नेपाल ६–१को सानदार जित निकाल्न सफल भयो।

त्यसअघि आजै भएको प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई ९–० को फराकिलो अन्तरले हराएको थियो।

अब नेपालले आइतबार डिफेन्डिङ च्याम्पियन्स बंगलादेशसँग खेल्ने छ।

यो पटक ४ टिममात्र सहभागी प्रतियोगिता डलब राउन्ड रोबिनका आधारमा हुनेछ। लिगको शीर्ष टिमले उपाधि जित्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]