नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले नेपाल विजयी भएको हो।
नेपालको जितमा मीना देउवाको ह्याट्रिसँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गरे।
जितसँगै नेपालले तीन खेलबाट ६ अंक बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अंक छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो। श्रीलंका भने प्रतियोगितामा जितविहीन छ।
