एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज बलियो उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ।
खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ।
यू–२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको उत्तर कोरियासँग खेल्नु नेपालका लागि सहज हुनेछैन।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो।
पहिलो खेलमा आयोजक भुटानसँग बराबरी खेलेका नेपालको एसियन कप खेल्ने सम्भावना कमजोर छ। यता, उत्तर कोरिया भने समूह विजेता बन्दै एसियन कपमा पुग्ने निश्चित जस्तै छ।
नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह (यू–१९)मा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो। जहाँ नेपाल १९–० गोलअन्तरले पराजित भएको थियो।
समूहको विजेता सिधै एसियन कपमा पुग्दा दोस्रो स्थानमा रहने उत्कृष्ट तीन टिमले अन्तिम प्रतियोगिता खेल्ने छन्। नेपालको सम्भावना दोस्रो उत्कृष्ट तीनमा छ।
