यू-२० साफमा नेपाल पुनः उपविजेतामै सीमित, निर्णायक खेलमा बंगलादेशसँग ४-०ले पराजित

21 Jul, 2025

काठमाडौं, साउन ५ नेपाली महिला टिम यू–२० महिला साफ च्याम्पियनसिपमा पुनः उपविजेतामै समीति भएको छ।

डबल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको अन्तिम तथा निर्णाक खेलमा आयोजक बंगलादेशसँग ४–०ले पराजित भएपछि नेपाल उपजिेतामै सीमित भएको हो।

प्रतियोगिताको अघिल्लो संस्कणमा पनि नेपाल बंगलादेशसँगै पराजित हुँदै उपविजेता बनेको थियो। यता, बंगलादेशले लगातार दोस्रो पटक उपाधि उचाल्यो।

अपराजित रहेको उसले १८ अंकसहित शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो। नेपाल १२ अंकसहित दोस्रो स्थानमा रह्यो।

सोमबार साँझ भएको खेलमा नेपालविरुद्ध जित दिलाउन बंगलादेशका लागि चारै गोल सागोरिकाले गरिन।् उनले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेकी थिइन्।

खेलमा सागोरिकाले आठौं, ५१औं, ५८औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् भने ७७औं मिनेटमा चौथो गोल गरेकी थिइन्।

नेपाललाई भने उपाधि जित्न आजको खेल जित्नै पर्ने थियो। चार टिम सहभागी प्रतियोगितामा नेपालले बंगलादेशसँग दुवै खेल हार्दा श्रीलंका र भुटानमाथि दुवै खेलमा फराकिलो जित निकालेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]