यू-२३ एसियन कप छनोटमा नेपालले सिरियासँग खेल्दै

6 Sep, 2025

ताजकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटमा नेपाली टिमले आज दोस्रो खेल खेल्दै छ। समूह ‘के’ मा रहेको नेपालले आजसाँझ सिरियासँग खेल्न लागेको हो।

खेलको ताजकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ हुनेछ।

पहिलो खेलमा आयोजक ताजकिस्तानसँग ४–०को फकाराकिलो अन्तरले पराजित भएकाले नेपाललाई अघिल्लो चरणमा पुग्नका लागि यो खेल महत्वपूर्ण छ। अघिल्लो पुग्ने सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।

तर, पहिलो खेलमा फिलिपिन्सलाई २–१ले हराउँदै विजयी सुरुआत गरेको सिरियालाई हराउन नेपाललाई सहज भने छैन। सिरियाविरुद्ध जित निकाल्ने हो भने नेपालले डिफेन्सलाई बनाउँदै आक्रमणलाई पनि चुस्त बनाउनु पर्ने छ। ताजकिस्तानविरुद्ध नेपालले डिफेन्समा थुप्रै गल्ती गरेको थियो भने विपक्षीको पोस्टमा आक्रमण नै गर्न सकेको थिएन।

आजको खेलमा कप्तान आयुष घलान पनि खेल्ने हुँदा त्यो नेपालका फाइदा जनक छ। यू–२० एसियन कप छनोटको अन्तिम खेलमा रातो कार्ड पाएका कारण उनले ताजकिस्तानविरुद्धको खेल गुमाएका थिए।

नेपालले भदौ २४ मा समूहको अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]