नेपला ताजकिस्तानमा जारी एएफसी यू–२३ एसिनय कप छनोटबाट बाहिरिएको छ। समूह चरणमा लगातार दोस्रो हार व्यहोरोसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
समूह के अन्तगर्तत शनिबार राति भएको खेलमा नेपाल सिरियासँग ४–२को फराकिलो अन्तरले परातिज भयो। यसअघि नेपाल पहिलो खेलमा आयोजक ताजकिस्तानसँग ४–०ले पराजित भएको थियो
खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा ५ गोल भएको थियो। २५ औं मिनेटमा खेलमा सिरियाले अग्रता थियो। उसका मोहम्मद अल मुस्तफाले नेपाली डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।
पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट सुरुआत गरेको थियो। नेपालले १० मिनेटभित्र नेपालले २ गोल गर्दै खेलमा २–१को अग्रता बनाएको थियो।
नेपालका लागि खेलको ५६औं मिनेटमा निराजन धामी र ५६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गरेका थिए। निराजन र सुमित दुवै राष्ट्रिय टोलीका पनि सदस्य हुन्।
तर नेपालले यो अग्रता जिगाउन सकेन। ७७ औं मिनेटमा अलि अलरिनाको गोल गरेपछि खेल २–२को बराबरीमा आयो। बराबरीपछि सिरियाले नेपालमाथि दबाब बनाएको थियो।
८१ औं मिनेटमा कप्तान मोहमाउद अल अस्वादको गोल गर्दै सिरियालाई ३–१ को अग्रता दिलाए। मोहमाउद नायफले ९०औं मिनेटमा गोल गरेपछि सिरिया ४–२ले विजयी भयो।
यस्तै यही समूहको अर्को खेलमा ताजकिस्तान फिलिपिन्ससँग १–०ले पराजित भएको छ। यो समूहमा सिरिया ६ अंकसहित शीर्ष स्थानमा छ भने समान ३ अंक जोडेको फिलिपिन्स र ताजकिस्तान दोस्रो तेस्रो स्थानमा छन्। नेपाल भने अंकबिहीन छ।
अब नेपालले सेप्टेम्बर ९मा फिलिपिन्ससँग खेल्नेछ।
