यू-२३ टिम ताजकिस्तानबाट शुक्रबार मात्रै फर्कने

11 Sep, 2025

नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम शुक्रबार बेलुका मात्रै काठमाडौं आइपुग्ने भएको छ।

एएफसी यू–२३ एसियनकप छनोट खेल्न ताजाकिस्तान गएको नेपाली टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको कारण निर्धारित समयमै आइपुग्न नपाएको हो।

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार नेपाली टिम शुक्रबार साँझ आइपुग्ने छ। नेपाली टिम ताजाकिस्तानबाट त्यहाँको स्थानीय समय अनुसार बिहान निस्कने छ र दुबई भएर काठमाडौं आइपुग्ने उनले बताए।

निर्धारित कार्यक्रमअनुसार बुधबार नै नेपाली टिम दुबई जानका लागि ताजाकिस्तानको दुसानबे विमानस्थल पुगेको थियो। तर त्यहाँ आठ घण्टा बिताएर फेरि फर्किनु परेको थियो।

दुबई विमानस्थलको टर्मिनलमा काठमाडौं आउनेको संख्या अत्याधिक रहेकोले नेपाली टिमले सास्ती बेहोर्नु परेको थियो।

छनोटमा भने नेपालले तीनै खेलमा पराजय व्यहोरोको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]