मंगलबार रातिबाट सुरु भएको च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले सानदार सुरुआत गरेको छ। मंगलबार राति घरेलु मैदानम भएको खेलमा बायर्नले क्रोएसियन क्लब डाइनामो जाग्रेवमाथि ९–२ को फाराकिलो जित निकाल्यो।
खेलमा बायर्नका लागि ह्यारी केनले ह्याट्रिकसहित ४ गोल गर्दा माइकल ओलिसेले २ तथा राफाइल गुइरेरो, लिरोए सानो र लियोन गोर्टेज्काले पनि गोल गरे। जाग्रेवका ब्रुनो पेटकोभिच र टाकुया ओगिवाराले गोल गरेका थिए।
बार्यनले पहिलो हाफमा ३ र दोस्रो हाफमा ६ गोल गरेको थियो। १९औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि गुइरेरोले ३३ र ओलिसेले ३८औं मिनेटमा गोल गरेपछि बार्यनले पहिलो हाफमा ३–०को अग्रता लियो।
दोस्रो हाफमा२ मिनेट अन्तरमा २ गोल गर्दै जाग्रेबले खेलमा फर्कने प्रयास गरेको थियो। ४८औं मिनेटमा उसका पेटकोभिच र ५०औं मिनेटमा ओगिवासाले गोल गरेका थिए। त्यसपछि ५७औं मिनेटमा केन र ६१औं मिनेटमा ओलिसेले गोल गरेपछि बायर्नले पुनः ५–२का फराकिलो अग्रता लियो।
त्यसपछि ७३औं मिनेटमा गोल गर्दै केनले आफ्नो ह्याट्रिक पुरा गरे। लगत्तै ७८औं मिनेटम केनले आफ्नो चौथो र टिमको सातौं गोल गरे । त्यसपछि ८५औं मिनेटमा साने र इन्जुरी समयको दोस्रो मिनेटमा गोर्टेज्काले गोल गरेपछि बायर्नले ९–२को फराकिलो जित निकाल्यो।
यस्तै, अर्को खेलमा लिभरपुलले एसी मिलानमाथि ३–१को पुनरागमन जित निकाल्यो। लिभरपुलका लागि इब्रहिम कोनाटे, भिर्गिन भान डाइक र डोमिनिक सोबोस्लाइले गोल गरेका थिए भने एसी मिलानका क्रिस्टियन पुलुसिचले गोल गरेका थिए।
यस्तै, अन्य खेलमा युभेन्ट्सले पिएसजी इन्डहोभनमाथि ३–१को जित निकाल्दा एस्टन भिल्लाले योङबोइजविरुद्ध ३–०को जित निकाल्यो। पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले १० खलाडीमा समेटिएको फ्रेन्च क्लब लिलेमाथि २–०को जित निकाल्यो।