यो पटकबाट नयाँ फर्म्यानटमा खेलाइएको च्याम्पियन्स लिग फुटबलमा दुई ठूला क्लब रियल मड्रिड र म्यान्चेस्टर सिटीमध्ये एक टिम मात्र नकआउट चरणमा पुग्ने भएका छन्।
नकआउट प्लेअफको ड्रमा रियल र सिटीबीचको भीडन्त पक्का भएसँगै यो समीकरण बनेको हो। दुवै टिम च्याम्पियन्स लिगमा लगातार चौथो पटक भीड्न लागेका हुन्।
समूह चरणमा दुवै टिम शीर्ष ८मा पर्न असफल भएका थिए। लिगमा रियल ११औं र सिटी २२औं स्थानमा थिए।
शीर्ष ८ टिम सिधै नकआउटमा पुग्दा अन्य १६ टिमले प्लेअफ खेल्न लागेका हुन्।
यस्तै, बायर्न म्युनिकले सेल्टिकसँग भिड्नेछ भने पीएसजीले ब्रेस्ट, क्लब ब्रुगले एटलान्टना, युभेन्ट्सले पीएसजी आयनहोभन, मोनाकोले बेनफिका, स्पोर्टिङ लिस्वनले बोरुसिया डर्टमुन्ड र फायनउडले एसी मिलानको सामना गर्नेछ।
लिभरपुल, बार्सिलोना, आर्सनल, इन्टर मिलान, एटलेटिको म्याड्रिड, लेभरकुजन, लिल र एस्टन भिल्ला भने सिधै नकआउटमा पुगेका छन्।
प्लेअफको पहिलो लेग ११, १२ र १३ फेब्रुअरीमा हुनेछ भने दोस्रो खेल १८, १९ र २० फेब्रुअरीमा हुनेछ।