च्याम्पियन्स लिग फुटबलमा स्पेनिस जायन्ट रियल मड्रिड पराजित भएको छ। मंगलबार राति एन्डफिल्डमा भएको खेलमा रियल मड्रिड लिभरपुलसँग १–०ले पराजित भयो।
एनफिल्डमा भएको खेलमा लिभरपुलको लागि एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि ४ खेलमा ९ अंक भएको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ। समान अंक भएपनि रियल गोलअन्तरका आधारमा लिभरपुलभन्दा माथि पाँचौं स्थानमा छ।
यस्तै, अर्को खलमा डिफेन्डिङ च्याम्पियन पिएसजी पनि पराजित भयो। घरेलु मैदानमा भएको खेलमा पिएसजी जर्मन क्लब बायर्न म्युनिखसँग २–१ले पराजित भयो। खेलमा बार्यनका लागि दुवै गोल लुइस डियाजले गरे भने पिएसजीका लागि जोआ नेभेसले गोल गरे।
चौथो मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। उनले नै ३२औं मिनेटमा टिमको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा अर्चरफ हाकिमीमाथि खराब ट्याकल गरेपछि डियाजले सिधै रातो कार्ड पाउँदा बार्यन १० खेलाडीमा समेटियो।
७४औं मिनटमा नेभेसले गोल गर्दै पिएसजीलाई खेलमा फर्काउने प्रयास गरे। तर, थप थोल नहुँदा बायर्न विजयी भयो।
लिगमा शतप्रतिशत नतिजा निकालेको बायर्न १२ अंकसहित शीर्ष स्थानमा छ भने पिएसजी ९ अंकसहित तेस्रो स्थानमा छ।
यस्तै, अन्य खेलमा आर्सनलले भने स्लाभिया प्रागलाई ३–० ले हराउँदा टोटनहामले डेनिस क्लब कोपनहेगनलाई ४–० ले हरायो।
यस्तै, एटलेटिको म्याड्रिडले युनियन सेन्ट गिलोसलाई ३–१, मोनोकाले बोडरगिल्मटलाई १–० र टोटनहमले कोपनहेगनलाई ४–० ले हरायो। यस्तै नेपोलीले इन्ट्राख्ट फ्रायन्कफर्टले ०–०, युभेन्ट्स र स्पोर्टिङ लिस्वनले १–१ तथा ओलम्पियाकोस र पीएसजी आयनहोभनले १–१ को बराबरी खेले।
