कोपनहेगनसँग हार्‍यो युनाइटेड, आर्सनल विजयी

9 Nov, 2023

च्याम्पियन्स लिगको समूहको चौथो चरणको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड पराजित हुँदा अर्को इंग्लिस क्लब आर्सन विजयी भएको छ। बुधबार राति भएको खेल युनाइटेड एफसी कोपनहेगनसँग ४–३ले पराजित हुँदा आर्सनलले सेभियामाथि २–०को जित निकाल्यो।

खेलमा युनाइटेडले सुरुआतमै लिएको २ गोलको अग्रता जोगाउन नसक्दा पराजय भोग्यो। युइनाइटेडको हारमा मार्कुस रासफोर्डको रातो कार्ड पनि कारक बन्यो। उनले पहिलो हाफको अन्त्यतिर रातो कार्ड पाएका थिए।

रासमस हालुन्डले तेस्रो र २८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए थिए। ४५औं मिनेटमा मोहमेद एल्योउनोउसी र पहिलो हाफको इन्जुरी टाइममा डिएगो गोन्काल्भेसले पेनाल्टीमा गोल गरेपछि खेलमा कोपनहेगनले पुनरागमन ग¥यो।

एक खेलाडी कम भएपनि कप्तान ब्रुनो फर्नाडेजले ६९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाएका थिए। तर, अग्रता जोगाउन सकेन । लुकास लेरागेर ८३औं मिनेटमा गोल गर्दै कोपनहेगनलाई फेरि खेलमा फर्काए भने ८७औं मिनेटमा रुनी ब्राड्ज्घीले गोल गर्दै कोपनहेगनलाई जित दिलाए ।

जितपछि चार खेलबाट ४ अंक जोडेको कोपनहेगन दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपनि कोपनहेगनले गालातासारेलाई पछि पारेको छ । युनाइटेड चार खेलबाट ३ अंकसहित पुछारमा छ।

समूह बीमा आर्नसलले स्पानिस क्लब सेभियालाई २–० ले हरायो । आर्सनलका लागि घरेलु मैदानमा लियोन्ड्रफ ट्रोसार्डले २९औं र ६४औं मिनेटमा बुकायो साकाले गोल गरे।

जितपछि आर्सनल चार खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ। सेभिया दुई अंकसहित पूछारमा छ।

यसै समूहको अर्को खेलमा पिएसभी आइन्डहोभनले लेन्सलाई १–० ले हरायो । आइन्डहोभनका लागि लुक डे जोङले १२औं मिनेटमा गोल गरे । जितपछि आइन्ड होभन लेन्सलाई पछि पार्दै दोस्रो स्थानको उक्लेको छ। दुवैको समान ५ अंक छ ।