च्याम्पियन्स लिग आजबाट, रियलले मार्सेली र आर्सनलले एथ्लेटिक क्लबसँग खेल्दै

16 Sep, 2025

च्याम्पियन्स लिगको नयाँ सिजन आज रातिबाट सुरु हुँदैछ।

इंग्लिस क्लब आर्सनल र स्पेनिस क्लब एथ्लेटिक क्लब तथा पिएभी र युनियन सेन्ट गिलोइसबीचको खेलसँगै च्याम्पियन्स लिग सुरु हुनेछ। दुवै खेल आज राति १०ः३० बजे सुरु हुनेछ।

आजै अन्य ४ खेल पछि हुनेछ। राति १२ः४५ बजे हुने खेलमा स्पेनिस जायन्ट रियल मड्रिडले फ्रेन्च क्लब मार्सलीसँग आफ्नै मैदानमा खेल्ने छ। यो खेल बर्नाबेउको टपको रुफ पनि बन्द गरिने छ।

यस्तै, युभेन्टसले बोरुसिया टर्डमन्डसँग खेल्दा टोटनहमले भिल्लारियलसँग खेल्दै च्याम्पियन्स लिगको सुरुआत गर्नेछ। यस्तै, आजै पोर्चुगिज क्लब बेन्फिकाले क्वारबर्ग एफकेसँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]